

सशस्त्र प्रहरीले माग्यो ७५ इन्स्पेक्टरसहित १०९५ कर्मचारी, असोज १० सम्म फर्म भर्न सकिने (सूचनासहित)

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्मका लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्रले एक सूचना प्रकाशित गर्दै आगामी असोज १० गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । सूचनाअनुसार सशस्त्रले विभिन्न पदमा गरी १ हजार ९५ जनाको दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार ७५ इन्स्पेक्टर, असई १७३, जवान ७५५ र परिचर १२८ जनाको विज्ञापन प्रकाशित गरेको छ ।
परिचरतर्फ, भान्छे, कपाल काट्ने, कूचीकार, सूचीकार, चर्मकर्मी र मालीको माग गरिएको जनाइएको छ ।
इन्स्पेक्टरलाई २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको स्नातक तह उत्तीर्ण गरेको उम्मेदवार हुनुपर्ने जनाइएको छ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको प्लस २ पास गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । त्यस्तै जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको ८ कक्षा पढेको व्यक्तिले आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।
सूचनाः

