‘सम्झिनी पानी छम्किनी’ फिल्म बनाउदै सम्राट


काठमाडौं – पछिल्लाे समय टिकटक प्रयाेगकर्ता माझ चर्चा पाएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् ।

महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो ।

फिल्मको निर्देशन विक्रम स्वाँरले गर्नेछन् । फिल्मको गीत आम मानिसको मुखमा झुण्डिएको हुनाले त्यसैको नामलाई सापटी लिएर फिल्म बनाउन लागिएको गायक चौलागाइँले बताए ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा मल्टीस्टार कलाकारको अभिनय रहनेछ । उनका अनुसार कोरोना महामारी सामान्य भएपछि फिल्म छायांकनको अनुमति लिएर काम सुरु हुनेछ । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

प्रतिक्रिया