काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिईने


काठमाडौं – काठमाडौंमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ११ गतेदेखि दोस्रो डोज खोप लगाईने भएको छ ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो ।

तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।

 

प्रतिक्रिया