

सीमा सुरक्षा मजबुत बनाउन आईजीपी थापाको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।
सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना घटिरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा प्रहरी चौकीका ईञ्चार्जहरुलाई थापाले निर्देशन दिएका हुन् ।
मंगलबार भिडियो कन्फरेन्समार्फत उनले सीमामा हुने घटनालाई न्यूनिकरण गर्न अन्तर निकाय समन्वयमा जोड दिए ।
उनले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखी मिठो बोली बचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुन पनि निर्देशन दिएका छन् ।

