यी हुन् कोभिडका नयाँ भेरिअन्टहरू, कुन देशमा फैलिँदैछ कुन भाइरस ?


काठमाडाैं – कोभिड-१९ को डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोना भाइरस पुनः चिन्ताको विषय बनेको छ। चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ। विश्वभर फैलिएको कोरोनाभाइरसको हजारौँ प्रकार अर्थात् भेरिअन्ट छन्।

तीमध्ये डेल्टा या B.1.617.2 भेरिअन्ट एक हो जुन संसारका अधिकांश देशहरूमा तीव्र गतिमा फैलिरहेको छ। यूकेमा यो भेरिअन्टको प्रभाव अधिक रहेको मानिएको छ। त्यहाँ डेल्टालाई ‘भेरिअन्ट अफ कन्सर्न’ अर्थात् चिन्ताको भेरिअन्टका रूपमा वर्गीकृत गरिएको छ र स्वास्थ्य अधिकारीहरूको सूक्ष्म निगरानीमा राखिएको छ।

अल्फा (B.1.1.7): जुन पहिलो पटक यूकेमा पहिचान भएको थियो र विश्वका पचासभन्दा बढी देशहरूमा फैलिएको छ,

बीटा (B.1.351): पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको र हाल यूकेसहित कम्तीमा बीस देशमा फैलिएको छ, र

गामा (P.1): पहिलो पटक ब्रजिलमा पहिचान भएको थियो र हाल यूकेसहित दशभन्दा बढी देशहरूमा पुष्टि भएको छ। केहीले भने भाइरसको असली स्वरूपविरुद्ध हाबी हुँदै भाइरसका कारण रोगलाई अझै सङ्क्रामक र भयावह बनाउँछन्।

प्रतिक्रिया