‘काभ्रे फेस्ट-सिजन २’को अडिसन सम्पन्न


काभ्रे — ‘काभ्रे फेस्ट –सिजन २’ को अडिसन सम्पन्न भएको छ । एलएंडएन मोडेल एजेन्सीले हालै बनेपामा आयोजित एक कार्यक्रमबीच अन्तिम अडिसनको काम सम्पन्न गरेको थियो ।

अडिसनमा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २० जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ। यस कार्यक्रममा सहभागि हुन फारम शुल्क एक हजार रुपैयाँ राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिए ।

कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्रे, यूरेका लियो क्लब बनेपा, यूरेका लियो क्लब काठमाडौँ, सौन्दर्य कलाकर्मी संघ (काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन्। कोभिद (१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल (बनेपाले उपलब्ध गराएका थिए।

छनौटमा परेका सम्पूर्ण युवा (युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी, मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम निर्माता र निर्देशक जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक (युवा ब्यबसायी प्रकाश बोलाखे रहेका थिए।

कोरोना महामारीबाट स्थिति नियन्त्रणमा आएपछिमात्र प्रतियोगिता सम्पन्न गरिने एलएन्डएन मोडेल एजेंसीका कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डेले जनाए ।

प्रतिक्रिया