निषेधाज्ञा उल्लंघन गरेको भन्दै चन्द्रागिरि रिसोर्टलाई काठमाडौं प्रशासनले सोध्यो स्पष्टीकरण


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।

कोरोना भाइरस संक्रमण जोखीम कायम रहेको भन्दै उपत्यकामा भीडभाड जन्य सभा, समारोह, गोष्टी तथा भेला गर्न गराउनमा रोक लागाएको अवस्थामा उक्त रिसोटमा  भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ । उक्त बैठक भोली बुधबारसम्म बस्नेछ।

अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन्।

निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले प्रजिअ पराजुलीले रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला भिडभाड भएकोबारे सोधेका थिए।

काठमाडौं प्रशासनले कोरोना संक्रमण जारी नै रहेको भन्दै निषेधाज्ञा लागु गरिरहेको छ।

प्रतिक्रिया