

कंगना अभिनित जयाललिताको बायोपिक ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने

काठमाडौं – कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने भएको छ । कोरोना भाइरस महामारीका कारण यसअघि पटक-पटक यो फिल्मको रिलिज मिति सरेको थियो ।
कंगनाले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै समाजिक सञ्जालमा लेखेकी छिन्, ‘एक प्रतिष्ठित व्यक्तीको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण तयार छ । १० सेप्टेम्बरमा सिनेमा घरहरुमा रिलिज हुनेछ ।’
यो तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे जयाललिताको बायोपिक हो । जयाललिता पूर्व अभिनेत्री पनि हुन् । कंगनाले फिल्ममा उनको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बाला पनि मुख्य भूमिकामा छन् ।

