कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ


दाङ – प्रहरीले बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ । बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्।

प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए ।

त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया