बालकोट बैठकले पहिल्यायो एमालेको यात्रा, योगेश भन्छन्– स्थायी कमिटीले एकताको अपिल गर्छ


काठमाडौं– नेकपा एमालेका दोस्रो तहका नेतासहित मंगलबार स्थायी कमिटी बैठकले नयाँ पार्टी खोलेका माधवकुमार नेपालसहितलाई एकताका लागि आह्वान गर्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार विद्रोहको तयारी गरिरहेका १० जना स्थायी कमिटी सदस्यसँगको बैठकपछि एमालेले बैठक आह्वान गरेको छ। अध्यक्ष ओलीसँग सहमति भएका कारण बैठकले विधिवत रुपमा नै एकताको आह्वान गर्ने सचिव योगेश भट्टराईले बताए।

१० बुँदे एकता प्रस्तावको आधारमा नै एमाले अगाडि बढ्ने सहमति भएको छ। यसो हुँदा माओवादीबाट एमालेमा आएका नेताहरुलाई पनि सम्मानसहित जिम्मेवारी दिने र विभिन्न विभागमा जिम्मेवारी हेरफेर हुने बताइन्छ।

भट्टराईले एमाले एकताका लागि नै नेपालको पक्षमा रहेको बताउँदै विभाजन र नयाँ दल खोल्ने कुनै निर्णय र छलफल यसअघि नभएको बताए। उनले नेता नेपाल नयाँ पार्टी खोल्नका लागि हतारिएको पनि प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया