पत्रकारको मोटरसाइकलमा लागूऔषध राखी फसाउँन खोज्ने दुई प्रहरी निलम्बित


रौतहट – निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टिसँगै जिल्ला प्रहरी कार्यालय, रौतहटले गल्ती स्वीकार गरेको छ ।

उक्त घटनामा नेपाल पत्रकार महासंघ, रौतहटकै सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । शाहका अनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको र अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको पनि एसपी शाहले जानकारी दिए । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताए ।

रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

प्रतिक्रिया