पहिराेका कारण बिहानैदेखि दाङ-प्युठान सडकखण्ड अवरुद्ध


दाङ – दाङ-प्यूठान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । पहिरोले मदन भण्डारी सहायक मार्ग दाङको घाेराही–मुर्कुटी हुँदै प्युठान जाने सडकखण्डमा पर्ने कुइने माेड नजिकै बाटो माथिबाट आएकाे पहिराेका कारण सडक अवरुद्ध भएको छ ।

पहिरो गएपछि बिहानैदेखि यस सडकमा दर्जनौं गाडीहरु बीच बाटाेमै राेकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा खसेकाे पहिराे हटाउनका लागि कुनै पहल नभएकाे स्थानीयले बताएका छन् । गएराति आएकाे अविरल वर्षाका कारण पहिराे खसेकाे हाे ।

प्रतिक्रिया