चोइटियो एमालेः माधव नेपालको पार्टी ‘एमाले समाजवादी’, खुला किताब चुनाव चिन्ह


काठमाडौं– नेता माधवकुमार नेपालले नेकपा एमालेलाई चोइट्याउने निर्णय गरेका छन्। खुला किताब चुनाव चिन्ह राख्दै एमाले समाजवादी गठन गर्ने उनी पक्षीय केन्द्रीय कमिटीले निर्णय गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूह एमालेबाट चोइटिने निर्णयमा पुगेको हो। उक्त समूहले एमालेका कम्तिमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएर नयाँ दल दर्ता गर्ने प्रक्रिया थालेको छ।

प्रतिक्रिया