करेन्ट लागेर २ जनाको मृत्यु


धनुषा – क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर २ जनाको मंगलबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा लक्ष्मिनिया गाउँपालिका-२ बस्ने ७० वर्षीय मणिराम यादव र सोही गाउँपालिका-१ बस्ने ६० वर्षीय बिन्दे दास रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चट्याङ लागेर १ जनाको मृत्यु
मुखिया पट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने ५५ वर्षीय सत्य नरायन साफीको खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया