

राजीनामा पछि पोखरेलले भने- अगाडि सारिएका योजनाहरू अधुरै रह्यो

बुटवल – बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आफ्नो सोच अधुरै छोड्न बाध्य भएको बताएका छन्।
राजीनामा पछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले प्रदेशको साझा मनोवैज्ञानिक स्थापित गर्ने र अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश गर्व गर्न लायकको बनाउने आफ्नो सोच अधुरै छोड्न बाध्य भएको बताएका हुन् ।
पोखरेलले आफूले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे।

