पहिचान नखुलेका दुई पुरुष भिन्न भिन्नै स्थानमा मृत अवस्थामा फेला


काठमाडौं – कास्की, पोखरा महानगरपालिका-१४ बिजयपुरस्थित पानीको धारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, केराबारी गाउँपालिका-१० स्थित खदम खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया