आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं – सिन्धुली, फिक्कल गाउँपालिका-३ पारुके बस्ने दिल कुमारी लामिछानेको घरमा मंगलबार बिहान आगलागी हुँदा करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-२ बस्ने सुरेन्द्र राईको घरमा रहेको कस्मेटिक पसल लगायत अन्य ८ वटा पसलमा मंगलबार साँझ आगलागी हुँदा विभिन्न धनमाल क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-१ ध्वजमान चोक बस्ने छविलाल बिष्टको काठ चिरान मिलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा फर्निचरका सामान तथा बाग्मती प्र.३-०३ प १९९७ नम्बरको स्कुटर र लु.३३ प ९३५७ नम्बरको मोटरसाइकल जलेर क्षति भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया