

क्यारोलिनामा भेटियो मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा

बीबीसी – अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।
यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।
ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा चलेको छ ।

