नवराज सिलवाल सिध्याउन काठमाडौं आएका डिआईजी पोखरेल कसरी भए नेकपाका क्याडर?
कानुन कार्यान्वयनको महत्वपूर्ण भूमिका निभाउँदै आएको नेपाल प्रहरी पछिल्लो समय दल र दल बिषेश केही नेताका कारण निकम्मा बन्दै गएको छ । राजनीतिक दल र ति दलका केही नेताले आफू अनुकुुल प्रहरी संगठनलाई चलाउन खोज्दा प्रहरी नेपालको कानुन र संविधानअनुसार नचलेर ति दल र नेताको स्वार्थ अनुसार चल्न थालेको छ । जसका कारण नेपाल प्रहरीसँग सर्वसाधरण जनताले विश्वास गर्न छाडेका छन् भने प्रहरी कर्मचारी काम भन्दा बढी नेताको चाकरीमा लाग्न थालेका छन् ।
दूरदराजमा प्रहरीको वर्दीमा सजिएर हातमा राईफल बोकेको एक सिपाहीले सरकारको प्रतिनिधित्व गर्छ । यो राज्य हो यहाँ सरकार छ, कानुन छ, हामी राज्य र कानुनका रखवाला हौ भन्दै राज्य र कानुनको रखवालालाई राजनीतिक दलले निकम्मा बनाउँदै आएको बर्षौं भईसक्यो । पञ्चायतकालदेखि गणतन्त्रसम्म आईपुग्दा पनि प्रहरीमा चाकरी र चाप्लुसी गर्नेकै हालीमुहाली हुँदै आएको प्रमाणहरू एथेष्ट छन् ।
दल र नेताको ईशारामा नेपाल प्रहरी संगठन र संगठनका सदस्य नचल्दा संगठनलाई बेला बेलामा नेता भनाउँदाहरूले विवादमा मुछ्ने गर्छन् । संगठनमा योग्य दक्ष भन्दा आफू अनुकुल चल्छ कि चल्दैन भन्ने बिषयलाई बढी प्रथामिकता दिँदा प्रहरी संगठन कमजोर हुँदै आएको हो ।
अच्युतकृष्ण खरेलदेखि इतिहास हेर्ने हो भने राजनीतिक दलले प्रहरीलाई कसरी चलाउँन खोज्छन् भन्ने प्रष्ट हुन्छ । चुनाव जित्नेदेखि आपराधिक गतिविधीमा समेत प्रहरीलाई नेताहरूले दुरुपयोग गर्दै आएका छन् । पछिल्लो समय राम्रा भन्दा हाम्रालाई च्याप्ने परिपाटीको कारण फेरि एक पटक नेपाल प्रहरीमा विवादको बिउ रोपिएको छ।
नेपाल प्रहरीमा दुई तिहाईको सरकारले दुई बर्षपछि आउने चुनावलाई मध्य नजर गर्दै अहिले देखि नै प्रहरीको दुरुपयोग गर्न आफूनिकटलाई आईजी बनाउने फोहोरी खेलको सुरु गरेको छ। यहि सरकारले अनावश्यक भएको भनिएको एआईजी दरबन्दीलाई पुनः थप गरी आफू निकटलाई एआईजी बढुवा गरी १८ महिनापछि प्रतिस्पर्धा बिना नै आईजी बनाउने योजना बनाएको छ ।
यसमा प्रधानमन्त्री केपी ओलीलाई ललाई फकाई ओली गुटका उपप्रधानमन्त्री ईश्वर पोखरेलको योजनामा एआईजी दरबन्दी थप भएको बताइन्छ।
एआईजी बढुवाको लागि एक मात्र डिआईजी विश्वराज पोखरेल बलिया दाबेदार हुन् । अन्य डिआईजी भन्दा पोखरेल एक बर्ष सिनियर भइसकेका छन्, बढुवाका निम्ति । थपिएको एक पदमा काुनुनतः उनी सहजै एआईजी बन्न सक्छन् । संगठनमा काम भन्दा चाकरीको भरमा व्याचीलाई टप्दै डिआईजी बनेका पोखरेल विवादीत प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । राजनीतिक समय अनुसार चल्न जानेका पोखेरलले कहिले कांग्रेसको पिठ्युँ चढे त कहिले एमालेका नेताहरूको दुरुपयोग गरे। यहि मेसोमा उनी एक नम्बरमा डिआईजी बनेका थिए ।
एसएसपी हुँदा दैनिक कार्य समेत राम्रोसँग गर्न नसकेपछि काठमाडौं परिसरबाट उनलाई तत्कालिन गृह प्रशासनले तानेको थियो । अनुसन्धानमा शून्य ज्ञान भएको मानिन्छन्, संगठनमा।
भक्तपुरका ८ बर्षिय बालक निशान खड्का अपहरण काण्डमा अपहरणकारीलाई पठाईएको म्यासेज लिक भएपछि उनको कार्य क्षमता माथि प्रश्न उठेको थियो । कोर्भट अप्रेशनमा अपहरणकारीको पन्जाबाट बच्चालाई सकुशल उद्दार गर्नुपर्ने प्रहरीले गुण्डागर्दी शैलीमा अपहरणकारीलाई बच्चा छोड्दे नत्र ठिक हुँदैन भन्दै धमक्याएका थिए । जुन काण्डका कारण उनी काठमाडौं परिसरबाट तानिनु परेको थियो । तर काठमाडौंमा असक्षम भनेर प्रहरी संगठन र सरकारले काठमाडौं परिसरबाट पाँच महिनामै तानेका पोखरेललाई डिआईजी बढुवा गरेर पुरस्कृत गर्यो । पोखरेलको डिआईजी बढुवा सरकार र संगठनले नचाहे पनि यसको नेपथ्यमा उनै ईश्वर पोखरेलको दया रहेको थियो।
अनुसन्धानमा शून्य ज्ञान भएका डिआईजी पोखरेलले भक्तपुरका ८ बर्षिय बालक निशान खड्का अपहरण काण्डमा अपहरणकारीलाई पठाइएको म्यासेज लिक भएपछि उनको कार्य क्षमतामाथि प्रश्न उठेको थियो । ‘कोर्भट’ अप्रेशनमा अपहरणकारीको पन्जाबाट बच्चालाई सहकुशल उद्दार गर्नुपर्ने प्रहरीले गुण्डागर्दी शैलीमा अपहरणकारीलाई बच्चा छोड्दे नत्र ठिक हुँदैन भन्दै धमक्याउँदा उनी काठमाडौंबाट तानिएका थिए
काठमाडौंका एसपी हुँदा पोखरेल २० नम्बरमा थिए । उनी काठमाडौंमा किलो २ थिए । सो समयमा भारतको अघोषित नाकाबन्दी थियो । पेट्रोलियम पर्दाथको अभाव थियो । गाडीमा तेल हाल्दिने बाहानामा उनको चिनजान हालका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको परिवारसँग हुन पुग्यो । उनको त्यो परिचय सिंहदरबारका तत्कालिन डिएसपी प्रजित केसीले गराए, जो साढे ३३ किलो सुन प्रकरणमा कारबाहीमा समेत परेका थिए। अहिले फुकुवा भएको छ।
राणा परिवारको चाकरीमा पोखरेल लाग्न सुरु गरे। चाकरीकै भरमा उनलाई एसएसपी बढुवामा राणा परिवारको समेत सहयोग पुग्यो ।
एसएसपी बढुवामा पोखरेलले आफ्ना व्याची मात्र होईन आफू भन्दा सिनियर व्याचकालाई समेत उछिनेर एसएसपी बढुवा भए ।
एसएसपी बनेर केही समय प्रधान कार्यालयमा कार्यरत रहेका पोखरेल समयानुकुल तत्कालिन डिआईजी तथा हाल नेकपाका सांसद नवराज सिलवाललाई सिध्याउने सम्झौतामा तत्कालिन प्रहरी प्रमुख प्रकाश अर्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको पहुँचमा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख भएर आए।
प्रहरी महानिरिक्षक (आईजी) काण्डमा काय सम्पादन मुल्यांकन किर्ते प्रकरणमा तत्कालिन सरकारले डिआईजी सिलवालमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसबेला परिसर प्रमुख एसएसपी रवीन्द्र धानुक थिए, जो अहिले पाँच नम्बर प्रदेश प्रमुख डिआईजी हुन् । मुद्दा हेर्ने जिम्मा तत्कालिन डिएसपी हाल एसपी बेल पाण्डेको थियो । एसपी पाण्डे र धानुकले यो मुद्दाको अनुसन्धान तत्कालिन कर्मचारी प्रशासनको प्रमुखबाट सुरु हुने र मुख्यसचिव समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने भनाई प्रहरी प्रमुख अर्याल र देउवा समक्ष राखेपछि सिलवाल सिध्याउन धानुक र पाण्डेलाई हटाएर पोखरेल र डिएसपी मोहन थापालाई जिम्मा दिइयो।
उनलाई सिलवाल पक्राउ गर्ने जिम्मेवारी दिइयो। त्यसताका कांग्रेसनिकट मानिने पोखरेल अहिले आफूलाई एमालेको लेवी बुझाउने कार्यकार्ताको रुपमा प्रस्तुत भएका छन् । सिलवाल सिध्याउन तत्कालिन समयमा पोखरेलले आफूनिकट डिएसपी जनसेवा बृत्तमा प्रमुख रहेका मोहन थापालाई तानेर परिसरको मुद्दा शाखामा ल्याईएका थिए । थापा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । परिसरका असक्षम साबित भएर तानिएका पोखरेललाई राणा परिवारको मात्र होईन लमीको भूमिका निभाएको कारण तत्कालिन अख्तियार प्रमुख नवीन घिमिरेको पनि साथ थियो। यसै कारण उनलाई अस्वभाविक मार्गबाट डिआईजी बनाउन तत्कानिल गृहसचिव प्रेम राई र प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई दबाब दिएको सर्वविदितै छ।
डिआईजी पोखरेलले नेपाल प्रहरीका पूर्व डिआईजी पवन खरेलको छोरी र अख्तियारका पूर्वप्रमुख घिमिरेको छोराको विवाहमा लमीको भूमिका निभाएका थिए । यति मात्र नभई तत्कालिन गृह सचिव लोकदर्शन रेग्मीको समेत चाकरीमा रहेका पोखरेललाई एमालेका नेता ईश्वर पोखरेल, अख्तियारका घिमिरे, तत्कालिन मुख्य सचिव रेग्मीको दबाबमा डिआईजी बनाईएको चर्चा छारष्ट थियो ।
अहिले यहि समूहको दुरुपयोग गरेर डिआईजी पोखरेलले एक एआईजीको पद थप गरी एआईजी बन्ने रेशलाई तिव्रता दिएका छन्। यो एआईजी पदमा बढुवा भए उनलाई भावी आईजीका लागि कुनै अवरोध हुने छैन।
तर उनको एसएसपी बढुवादेखि नै संगठनमा तिब्र विरोध हुँदै आएको छ । झन डिआईजी बढुवाले त संगठनमा उनलाई सहयोग गर्ने प्रहरी अधिकृत एक दमनै न्यून भएको संगठनका सदस्यहरू बताउँछन् ।