जमानतमा रिहा भए भारती जोडी


मुम्बई(एजेन्सी)–भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई अदालतले जमानत दिएको छ । दुवैलाई लागुऔषधको मामलामा एनसीबीले पक्राउ गरेको थियो । उनीहरुलाई मुम्बईको एक विशेष एनडीपीएस अदालतले जमानत दिएको हो ।

हालैमात्र नारकोटिक्स कन्ट्रोल ब्युरोले भारती र हर्षको प्रोडक्सन अफिस तथा घरमा छापामा मारेको थियो । छापा मार्दा एनसीबीले भारतीको घरबाट ८६ दशमलब ५ ग्राम गाँजा बरामद गरेको थियो । दुवैलाई सोधपुछका लागि एनसीबीको अफिस बोलाएपछि दुवैले गाँजा सेवन गर्ने गरेको कुरा स्वीकारेका थिए । त्यसपछि एनसीबीले उनीहरुलाई गाँजा सेवनको आरोपमा पक्राउ गरेर डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा पठाएको थियो ।

यद्यपि भारती र उनका पतिले अदालतमा जमानतको लागि निवेदन दिएका थिए । जसमा अदालतले सोमबार सुनुवाई गर्दै जमानतमा रिहाईको आदेश दिएको हो । एनसीबीले पहिला भारतीलाई पक्राउ गरेको थियो भने त्यसपछि मात्र उनका पतिलाई पनि पक्राउ गरेर हिरासतमा लिएको थियो ।

प्रतिक्रिया