

थानकोटमा हरूवा वडाध्यक्षले कुटे बहालवाला वडाध्यक्ष

काठमाडौं – चन्द्रागिरी नगरपालिका-७ का वडाध्यक्ष शम्भु केसीमाथि कुटपिट भएको छ। आइतबार खोप लगाइरहेको ठाउँमा पुगेर सोही नगरपालिकाका श्रीहरी थापाले कुटपिट गरेका हुन्।
श्रीहरी नेकपा एमालेबाट गत स्थानीय तहको चुनावमा सोही वडाको वडाध्यक्षमा उठेका थिए। तर, चुनावमा केसीसँग हारे। त्यसपछि श्रीहरी वडाध्यक्ष केसीसँग असन्तुष्टि थिए।
खोप लगाइरहेको स्वास्थ केन्द्रमा पुगेका श्रीहरीले स्वास्थ्यकर्मीहरुलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ। खोप केन्द्रमा रहेको औषधिहरु समेत फ्याँकिदिएको बताइएको छ।
हाल उनलाई महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा राखिएको छ। उनीसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ।
श्रीहरीले आफुलाई पत्रकार भन्दै ठेकेदारहरुलाई थर्काउने र वडाध्यक्ष हारेको व्यक्ति भन्दै दु:ख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

