कोरोना खोप सहकार्यबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै चीन, नेपाललाई पनि निम्तो


काठमाडौं – आगामी अगष्ट ५ मा चीनले कोरोनाविरुद्धको खोप सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन चिनियाँ विदेशमन्त्री वाङ यीको पहलमा हुन लागेको हो । सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरिएको छ ।

अन्तर्राष्ट्रिय फोरमको पहिलो भर्चुअल माध्यममा हुने सम्मेलनको विषयवस्तु ‘कोरोना खोपमा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि, विश्वभर निष्पक्ष र समान खोपको वितरण’ रहेको छ ।

विभिन्न देशका विदेशमन्त्री, स्वास्थ्यमन्त्री, उच्च सरकारी अधिकारी, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र खोप उत्पादक कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । चीनले पछिल्लो समय खोपको न्यायोचित वितरणमा विशेष जोड दिँदै आएको छ ।

प्रतिक्रिया