
३३ किलो सुन काण्डका फरार प्रतिवादी ‘भोजे मामा’ पक्राउ
काठमाडौं – नेपाल प्रहरीलाई ३३ किलो सुन काण्डमा एक अर्को सफलता हात लागेको छ ।
काठमाडौं प्रहरीले झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार राजधानीको गौशालाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
‘फरार प्रतिवादीलाई खोज्ने क्रममा ३३ किलो सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। भण्डारीको भूमिकाको बारेमा अनुसन्धान सुरु गरिने सिंहले बताए ।
२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्यो सुनको बारेमा विस्तृत जानकारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यस घटनामा संलग्न भनिएका सनम शाक्यको हत्या भएको थियो।



कागजपत्र |
