

महाराजगञ्जमा प्रहरीसँग पूर्वयुवराज पारसको चर्काचर्की, विवादपछि पनि हेल्मेटबिना हुइँकिए पारस ! (भिडियोसहित)

काठमाडौं – बेलाबखत विवादमा आईरहने पूर्वयुवराज पारस शाह शुक्रबार साँझ पुनः एकपटक विवादमा आएका छन् ।
पूर्वयुवराज पारसले महाराजगञ्जस्थित नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएका कारण प्रहरीले रोकेर सोधपुछ गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको देखिएको छ ।
प्रहरीले समाइसकेपछि पारसले प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।
भिडियोमा प्रहरीले पारसलाई पाखुरामा समातेर लैजान खोज्न जान्न जान्न भनेको देखिएको छ ।
प्रहरीसँगको केहीबेरको वादविवादपछि पारस पुनः आफ्नो मोटरसाइकलमा बिना हेल्मेट त्यहाँबाट हिँडेका थिए । उनलाई प्रहरीले केही बेर विवाद भएको र पछि सम्झाएर पठाएको बताएको छ ।
भिडियो सञ्चारकर्मी गणेश बुढाको फेसबुकबाट लिइएको हो।
भिडियोः

