

होटल व्यवसायीहरुद्वारा कोरोना विरुद्धको खोप माग

सुर्खेत : सुर्खेतका होटल व्यवसायीहरुले कोरोना विरुद्धको खोप माग गरेका छन्।
बिहीबार सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई भेटेर मजदुरका लागि खोप उपलब्ध गराइदिन माग गरेको होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले बताए।
‘कोरोनाका कारण होटेल व्यवसायले अहिलेसम्म करोडौं रकम गुमाएको छ’ रावतले भने, ‘अब मुलुकको अर्थतन्त्र उकास्न र होटल व्यवसायीलाई चलायमान गराउन सरकारसँग खोप माग गरेका छौँ।’
सुर्खेत एकहजार दुई ५० बढी होटलहरु रहेका छन्। यी होटलहरुमा झण्डै पाँचहजार बढी मजदुर कार्यरत छन्।

