

श्रीमानको खोजी गरिदिन आग्रह

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराखुट्टी निवासी सरीता नेपालीले आफ्ना श्रीमानलाई खोजी कार्य गरी दिन आग्रह गरेकी छन्। ३५ वर्षीय श्रीमान मेघराज नेपाली यही साउन १२ गतेदेखि सम्पर्क विहीन भएपछि उनले आग्रह गरेकी हुन्।
यहि साउन ८ गते घरबाट विदेश जानको लागि काठमाडौं मेडिकल गर्न गएका मेघराज १२ गते दिउँसोदेखि सम्पर्क विहीन भएपछि उनीले खोजी कार्य गरी दिन सबैमा आग्रह गरेकी हुन्।
उनले भनिन्,‘ घरको सल्लाह अनुसार नै काठमाडौँ मेडिकल गर्न ८ गते जानु भएको हो। १२ गते विहानसम्म हाम्रो फोनमा कुरा भएको थियो। तर, दिउँसोबाट सम्पर्क विहीन हुनुभएको छ।’
उहाँले प्रयोग गरेको ९७४६२२३३२९३ नम्बरमा फोन हान्दा सम्पर्क हुन नसकेको उनले बताइन्। ‘अहिलेसम्म कुनै खबर आएको पनि छैन । त्यसैले मेरा श्रीमानलाई खोजी कार्य गरी दिन सबैमा आग्रह गर्दछु, ’ उनले भनिन्।

