बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा ‘ब्लु’ फिल्म बनाउने/बेच्ने अभियोगमा पक्राउ

नग्न भिडिओ बनाउने मोडल पुनम पाण्डेले पनि उजुरी गरेकी थिइन्


काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यावसायी राज कुन्द्रालाई पोर्न (ब्लु) फिल्म बनाएको र बेचेको आरोपमा त्यहाँको अपराध शाखा (क्राइम ब्रान्च)ले पक्राउ गरेको छ।

मुम्बई प्रहरीको क्राइम ब्रान्चले कुन्द्रालाई सोमबार मध्यरातमा पक्राउ गरी कस्टडीमा राख्नुका साथै बयान लिएको छ। त्यहाँका प्रहरी आयुक्तका अनुसार कुन्द्राविरुद्ध यथेष्ट प्रमाण फेला परेको उल्लेख गरेको भारतीय मिडियाले लेखेका छन्।

कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाणसहित ति फिल्महरु बिक्री वितरण समेत गरेको प्रहरीको दाबी छ। अलग–अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म विदेशमा बेचेको प्रहरीको दाबी छ।

इमेलको माध्यामबाट विदेशमा पठाइएका भिडिओ ओटीटी प्लेटफर्ममा अपलोड गरेको प्रहरीको दाबी छ। यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन्। प्रहरीले उनको सम्पतिको खोजीनीति थालेको छ।

राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि ८ देखि ८० करोड भारु लगानी गरेको पाइएको छ। राज कुन्द्रा र उनका ब्रिटेनमा रहेका भाईले त्यही केनरिन नामको एक कम्पनी बनाएका छन्।

मुम्बई प्रहरीले फेब्रुअरीमा अभिनेत्री गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरेपछि कुन्द्रको कामको क्लु पत्ता लागेको थियो। उनीहरुलाई कथित रुपमा अभिनेत्रीलाई अश्लिल फिल्मका लागि न्यूड सीन सुट गर्नका लागि बाध्य पारिएको आरोप लगाइएको थियो।

उता, राज कुन्द्रा अश्लील भिडिओ बनाउने मोडल पुन पाण्डेसँगको विवादमा पनि जोडिएका व्यक्ति हुन्। उनी बिरुद्ध पुनम पाण्डेले प्रहरीमा उजुरी गरेकी थिइन्।

पुनम पाण्डेले राज कुन्द्राको कम्पनी आम्र्सप्राईम मिडियासँग एक सम्झौता गरेकी थिइन्। यो कम्पनीले भिन्न भिन्नै एप्सको काम हेर्ने गर्छ । पुनम पाण्डेको उक्त एप एक एडल्ट एप हो र राजको कम्पनीले सोही एपको काम हेर्ने गथ्र्यो।

राज कुन्द्रा क्रिकेटमा विराट कोहली कप्तान रहेको इन्डियन प्रिमियर लिगको रोयल च्यालेन्जर्स बैंग्लोरका मालिक पनि हुन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया