माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री निवास पुगे प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटार पुगेका छन् ।

आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटे लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

मन्त्रिपरिषद् विस्तारको तयारी रहेका बेला शीर्ष नेताहरूले भेटघाटमा सक्रियता देखाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले यस अघि नै मन्त्रिपरिषदमा काँग्रेसबाट २ र माओवादीबाट २ मन्त्री नियुक्त गरिसकेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया