

छोराको नाबालक साथीलाई करणी

पर्सा – आफ्ना नाबालक छोराका साथीलाई समेत करणी गर्ने एक जना पर्सामा पक्राउ परेका छन्। आफ्नो घरमा नाबालक छोराहरुसंग खेल्न आएकि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका, सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनिलकुमारले ती बालिकालाई दिउँसो आफ्नै नाबालक छोराहरूसँग खेल्न आएको मौकामा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

