युनियन लाइफको आईपीओ रिजल्ट आजै, यी ५ लाख ८० हजार ५ सयले पाउने भए शेयर


काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) केही बेरमा बाँडफाँड हुने भएको छ ।

कम्पनीको आईपीओ प्रिअलटमेन्ट सकेर नेपाल धितोपत्र बोर्ड पठाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलले बोर्डबाट स्वीकृति पछि आजै ५ बजेभित्र बाँडफाँड गर्ने तयारी गरेको छ ।

कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेकोमा ६९ हजार ९७६ आवेदन रद्ध भएका छन् भने २१ लाख १२ हजार ७९९ आवेदक शेयर बाँडफाँडमा सहभागी हुने भएका छन् ।

युनियनको शेयर न्युनतम १० कित्ताको दरले कम्पनीको बाँडफाँड गर्दा योग्य आवेदक मध्ये ५ लाख ८० हजार ५०० जना आवेदकले शेयर पाउने भएका छन् । बाँकि १५ लाख ३२ हजार २९९ जना भने खाली हात हुने देखिएको छ ।

प्रतिक्रिया