प्रतिनिधि सभा बैठक ३ साउनमा बोलाउन मन्त्रिपरिषदको सिफारिस


काठमाडौं– पुनःस्थापित प्रतिनिधि सभाको बैठक ३ साउनमा बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ।

सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सर्वोच्च अदालतले २८ असारमा गरेको आदेशअनुसार नै उक्त दिन दिउँसो ४ बजेका लागि बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

५ दिनभित्र बैठक डाक्न आदेश दिँदै सर्वोच्चको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि परमादेश जारी गरेको थियो।

प्रतिक्रिया