कस्ता फल कतिबेला, केसँग के मिसाएर खादा हुन्छन् धरै लाभदायक ?


काठमाडाैं – हामीले खाने हरेक प्रकारकाे खानाकाे आ-आफ्नै महत्व छ । जसरी जीवनकाे लागि खाना जरूरी छ त्यस्तै स्वस्थ रहन खाना र खाने समयकाे पनि सही पहिचान हुन जरुरी हुन्छ । आज हामी कस्ता फल कतिबेला खाने भन्ने विषयमा जानकारी दिँदै छौं ।

सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ । दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद खानुहुँदैन । बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो ।

शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् । खाना खानेबित्तिकै फलफूल खानुहुँदैन । भरिएको पेटमा फलफूल खाँदा पच्दैन । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुपर्छ ।

पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ । बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ । उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।

दैनिक बिहान स्याउ खाने
स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती खानुहुन्छ भने पेक्टिनलाई पचाउन समस्या हुन्छ जसले एसिडिटिको समस्या हुनसक्छ ।

खानापछि केरा खाने
केरालाई लञ्च पनि खानुहोस् । यसले शरिरको प्रतिरोधी क्षमतालाई वृद्धि गर्दछ । केरा राती खाँदा पच्न समस्या हुने गर्दछ ।

बिहान नाश्तामा आलु खाने
आलू वा यसबाट बनेका खानेकुरा सकेसम्म बिहानको नाश्तामा खानुहोस् । आलुमा अत्यधिक क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्दछ ।

सुत्नुअघि दुध पिउने
सुत्नुअघि दुध पिउँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मिठो निन्द्रा पनि लाग्ने गर्दछ । यद्यपी, तपाईं यदि बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउनसक्नुहुन्छ ।

कुन कुन फलफुल खाने ?
१. खरबुजा
गर्मी मौसममा खरबुजा खाँदा शरीरमा पानीको पूर्तिमात्रै होइन चिनीको मात्रासहित धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी पनि पाइन्छ । यसमा पाइने भिटामिन ए ले कपाल र छालालाई पनि राम्रो गर्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सहयोग र्पुयाउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ। यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।

२. स्याउ
स्याउमा पाइने फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स जस्ता तत्वले गर्मीबाट जोगाउँछ । साथै स्याउमा पोटासियम, क्याल्सियम र फस्फोरस पनि अधिक मात्रामा पाइन्छ ।

३. मेवा
गर्मीमा खानै पर्ने अर्काे फल हो– मेवा । मेवा खाँदा छालालाई डढ्नबाट जोगाउन सहयोग गरी उपयुक्त सनब्लकको काम गर्छ । यसले मुटुका रोग, मधुमेह, क्यान्सरबाट बचाउन मद्दत गर्नुका साथै ब्लड प्रेसर घटाउँछ साथै घाउ पनि छिटो निको पार्ने काम गर्छ ।

४. काँक्रो
काँक्रो पनि गर्मीमा खाँदा लाभदायिक हुन्छ । यसमा ९५ प्रतिशत मात्रा पानी पाइन्छ।समा रहेको फाइबरको मात्राले कब्जियत हुनबाट जोगाउँछ। यसमा सोडियम, कार्बोहाइड्रेट, कोलेस्ट्रोलको मात्रा निकै कम पाइन्छ। काँक्रा काटेर माथिबाट थोरै वीरे नून छर्केर खानुस् वा दहीमा मिलाएर खानुस् तपाईं उत्कृष्ट स्वाद पाउनुहुन्छ साथै शरीरलाई शीतलता पनि ।

५. भूइँकटहर
गर्मीमा खान छुटाउनै नहुने भूँइकटहर पनि हो । छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल भूँइकटहरमा भिटामिन सी धेरै मात्रामा पाइन्छ जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

६. केरा
केरा खानाले चिसो महसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ। यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ । गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौँ ।

शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !
गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने समस्या देखापर्छ । जस कारण विभिन्न रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । गर्मीमा अत्यधिक पसिना बग्ने तथा आन्तरिक रुपमा पनि पानी बढी खपत हुने हुँदा शरीरमा पानी कमी हुने गर्छ । यसर्थ यसबाट जोगिन खानपिनमा ध्यान दिनुपर्छ ।

शरीरमा गर्मीको महसुस बढी हुँदा खाना खान मन नलाग्ने समस्याले विभिन्न रोगको संक्रमण हुन्छ । यसबाट जोगिन पानी र तरल पदार्थ प्रशस्त पिउने र फलफूलहरु खाने गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया