सुजिता हत्या प्रकरण: दुवै हात बाँधेर गाडिएको अवस्थामा शव फेला


काठमाडौ – एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । शवको डीएनए परीक्षण गर्न बाँकी छ डीआईजी रञ्जितकारले बताए ।

सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।

प्रतिक्रिया