

स्पोर्ट कार ड्राइभर रिनीले पोर्नस्टार बन्ने निर्णय लिनुको रोचक कारण

काठमाडौं– अस्ट्रेलियाकी पूर्व सुपरकार ड्राइभर रिनी ग्रासीले केही महिना अघि मोटरस्पोर्टस पेशाबाट अलग्गिएर बयश्क मनोरञ्जन उद्योगमा रमाउने निर्णय लिइन्।
अहिले पोर्नस्टार बनेकी उनी अस्ट्रेलियाकी पहिलो पूर्णकालिन सुपरकार ड्राइभरका रुपमा कार्यरत थिइन्। उनले एउटा अन्तरवार्ताका क्रममा बयश्व मनोरञ्जन उद्योगमा जानका लागि परिवारको राम्रो सहयोग र शुभेच्छा रहेको खुलाएकी थिइन्।
२५ बर्षिया रिनीले कार चलाउने काम छाडेर पोर्न उद्योगमा लागेपछि सातामा २५ हजार डलरको आम्दानी गर्न थालेकी छन्।
डेली टेलिग्राफमा दिएको एउटा अन्तरवार्तामा रिनीले अपत्यारिलो निर्णय लिँदा बुवाले सहयोग गरेको खुलाएकी थिइन्।
‘विश्वास गर्नुस नगर्नुस् मेरो बुवालाई पोर्न उद्योगमा काम गर्ने मेरो निर्णय थाहा छ। उहाँको सहयोग छ। मेरा बुवाले बरु गर्व गर्नु भएको छ। हाम्रो आर्थिक अवस्थासँग मेरो निर्णयको सम्बन्ध र उपलब्धी दुवै छन्’, उनले भनेकी छन्।
सुपरकार ड्राइभिङको भविष्यबाट हाम फाल्नुको कारणबारे खुलाएकी उनले भनेकी छन्,‘म राम्रो रेश गर्ने मानिस थिइँन। म अहिले पनि रिनी नै हो। मेरो भविष्य पनि छ। मसँग एउटा जागिर छ। अहिले पनि म व्यक्ति हो। केही परिवर्तन भएको छैन।’ –एजेन्सीको सहयोगमा

