भ्याली भ्यु इङ्लिस स्कुलको प्रिन्सिपलमा भण्डारी


काठमाडौं – काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कुलको प्रिन्सिपलमा सुभाषचन्द्र भण्डारी नियुक्त भएका छन् ।

प्रोफेसनल एजुकेटर्स लिमिटेड र भ्याली भ्यु इङ्लिस स्कुलको विद्यालय व्यवस्थापन समितिले १ मंसिरदेखि लागू हुने गरी भण्डारीलाई प्रिन्सिपल पदमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले जानकारी दिए ।

प्रिन्सिपलमा नियुक्त भएका भण्डारी १४ वर्षदेखि यही स्कुलमा अध्यापन गर्दै आएका छन् ।

भ्याली भ्यु इंग्लिश स्कुल सरकारद्वारा ‘क’ वर्गको मान्यता प्राप्त विद्यालय हो । यो विद्यालयलाई प्रो–एड लिमिटेडले सञ्चालनमा ल्याएको १५ वर्ष पूरा भएको छ ।

प्रतिक्रिया