

‘अजर अमर सम्मान २०७८’ वरिष्ठ गायक माणिक रत्नलाई

काठमाडौं – वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ प्रदान गरिएको छ । १ लाख १ सय ११ रुपैयाँ नगदसहितको सो सम्मान यो वर्ष संगीतकार संघ नेपालले उनलाई प्रदान गरेको हो ।
संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापालगायत ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर हालै सम्मान हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य उपचारपछि घरमै स्वास्थ्यलाभ गरिरहेका माणिक रत्नले सम्मान पाउदा खुसी समेत ब्यक्त गरेका थिए। कोरोनाको कहर सामान्य भएपछि कार्यक्रम मार्फत संम्मानलाई औपचारिकता दिने संघले जानकारी दिएको छ । माणिक रत्नका थुप्रै गीतसंगीत नेपाली सांगीतिक आकाशमा हिट छन् ।

