

ब्रान्डको स्पर्धामा नेपालमा भित्रियो इटालियन भेन्चुरिनी

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनीलाई नवसमृद्धि इन्टरप्राइजेजले काठमाडौं भित्राएको छ।
बंगलादेशको उत्पादन भेन्चुरिनी काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी सो–रुम उद्घाटन गरिएको छ ।
कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको सो–रुम उद्घाटन गरे । यो नेपालमा पहिलो पटक भित्राइएको अन्तर्राष्ट्रिय ब्रान्ड हो।
दरबारमार्गस्थित वान दरबार मलमा राखिएको सो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताए ।
नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरहरु चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगन्ज, नेपालगन्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिनेछ ।

