वारपार फैसलानजिक प्रधानमन्त्री ओली, पौडेल साक्षी राखी नेता नेपाललाई दिए ‘डरलाग्दो निर्णय’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब सँगै हिँड्न नसकिने डरलाग्दो निर्णय सुनाएका छन्।

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई साक्षी राखी बरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा २ घन्टा लामो छलफलका क्रममा ओलीले प्रचण्डले प्रस्तावका नाममा ल्याएका ‘वाइयात आरोप र कुन्ठा’को जवाफ नदिने बताएका छन्।

प्रधानमन्त्री ओलीले यति मात्र सुनाएनन्। नेता नेपाललाई प्रचण्ड जाली मान्छे भएको र कुनै पनि प्रकारको एक्शनको कुरा आयो भने त्यो भन्दा अधिक निर्णयमा आफू पुग्न सक्ने समेत सुनाए। बरु, सहयोग गर्नका लागि ओलीको आग्रह थियो।

त्यसअघि उनले नेकपा उपाध्यक्ष बामदेव गौतमसँग भेट गरेका थिए। गौतमले परिस्थितिजन्य अवस्थाअनुसार निर्णय दिने बताएको बालुवाटार स्रोतले जनायो।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार परामर्श गरीसकेका छन्। मंगलबार हुने सचिवालय बैठकमा सम्भवतः ओली उपस्थित हुने छैनन् र अन्य सदस्यले गरेको निर्णयपछि कुनै खास एक्शनको रणनीतिमा हुने बताइन्छ।

प्रतिक्रिया