शिवसागर र एलिनाको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं — गायक शिव सागर खड्का र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘निष्ठुरी भयौ रे’ सार्वजनिक भएको छ ।

विशाल नेपालीको शब्द र गायक खड्काकै संगीत रहेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।

प्रेम र बिछोडका शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पनि गायक गायिका नै देखिएका छन् ।

दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो विशाल नेपालीले निर्देशन गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया