
अब विष्णु पौडेल गृहमन्त्री, अन्य मन्त्रीलाई पनि दिए प्रधानमन्त्रीले थप जिम्मेवारी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई दिएका छन्।
प्रधानमन्त्री ओलीले पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी पनि दिएका छन्।
यस्तै, मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
भौतिक मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मा छ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री आफैंले भनेचाहिँ रक्षासहित परराष्ट्र मन्त्रालयमा पनि राखेका छन्।



कागजपत्र |
