

विमानस्थलमा कार्यरत प्रहरी जवान ब्राउन सुगरसहित पक्राउ

काठमाडौं – प्रहरीको नेपाल लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवानलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जवान गणेश कार्की रहेका छन्।
महानगरीय प्रहरी वृत्त गौशाला दरबन्दी भएपनि कार्की विगत सात वर्षदेखि विमानस्थलमा घुमुवाको रुपमा कार्यरत थिए। प्रहरी अनुसन्धानबाट जवान कार्की आफैं लागूऔषध सेवनकर्ता रहेको खुलेको छ।
पक्राउ परेका कार्कीको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर खैरो हेरोइन बरामद भएको छ। कार्कीलाई गत शुक्रबार भक्तपुरको जडीबुटी एरियाबाट ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
जवाल कार्कीसँगै अन्य २ जना पनि पक्राउ परेको ब्यूरोले जनाएको छ। उनीहरुविरुद्ध लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

