

अविरल वर्षापछि सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको ज्यान गयो

संखुवाभसा — खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।
गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल संखुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।
घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएर उपचार सुरु गर्दागर्दै निधन भएको अस्पतालले जनाएको छ ।

