नोकियासँगको सहकार्यमा देशभर उच्चगतिको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउँदै सुबिसु


काठमाडौं – नेपालको पूर्वपश्चिम करिब १५ सय किलोमिटर फैलिएको सुबिसुको नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबिपिएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ ।

बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको यस अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने कम्पनीले जनाएको छ ।

अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सकिनेछ । ४०० जीबिपिएस सिंगल फाइबरयुक्त NOKIA १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस० प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग  दैशभर जडान गरिएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन हो ।

नोकियाको ४०० जीबिपिएस सिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुशन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्दछ । यो सोलुसनले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ ।

सुबिसुका सीईओ बिनय मोहन साउद भन्छन्, ’नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इण्डस्ट्री लिडिङ्ग उत्पादन तथा सोलुशनहरूले हाम्रो सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ । यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो र यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं ।’

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावा भन्छन्,’हाम्रो इन्डस्ट्री –प्रमाणित १८३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको छ । सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौं साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ ।’

नियोटेरिक नेपालका एमडी संजय गोल्छा भन्छन्,’नोकियाको पार्टनर भएको नाताले हामी नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेसन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिबद्ध छौं ।’

महत्वपूर्ण नेटवर्कहरूको लागि एक विश्वसनीय साझेदारको रूपमा मोबाइल, फिक्स्ड र क्लाउड नेटवर्कहरू मार्फत नवीनता प्रविधि नेतृत्व गर्न हामी प्रतिबद्ध भएको बताउँदै पुरस्कार विजेता नोकिया बेल

ल्याबस् नेतृत्वमा बौद्धिक सम्पत्ती र दीर्घकालीन अनुसन्धानका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

 

 

प्रतिक्रिया