चामेमा खानेपानी अभाव : पूर्व सांसद गुरुङले हेलिकोप्टरमार्फत पुर्याए पानी


काठमाडौं – मनाङको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान सुरु भएको छ ।

विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान थालिएको हो ।

बिहीबार बिहानै निवर्तमान सांसद छोपाङ हेलिकोप्टर लिएर मनाङ पुगेका थिए।  चामेमा खानेपानीको अभाव टार्न पूर्व सांसद गुरुङले निजी खर्चमा हेलिकोप्टरमार्फत पानी पुर्‍याएका छन्।

उनले फु गाउँमा समेत एकजना बेपत्ता भएको भनिएपछि त्यहाँको अवस्था पनि बुझेर फर्किएका छन्। मनाङ सेवा समिति र मनाङ मर्स्याङ्दी क्लब लगायतको सहयोगमा छोपाङले सहयोग अभियान चलाइरहेका छन्।

प्रतिक्रिया