

सिद्धार्थ बैंकद्वारा पुस्तकालयलाई पाँच लाख सहयोग

काठमाडौं – सिदार्थ बैंकले पुस्तकालयलाई पाँच लाख सहयोग गरेको छ ।
काठमाडौंको सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्न सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले बुधबार पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट त्रिपुरेश्वरका हेड अफ सर्कल अफिसर अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् ।
बैंकका अनुसार स्थापनाकालदेखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास लिएको छ ।
विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने उद्देश्य लिएको बैंकले जनाएकोे छ ।

