

टिच फर नेपाललाई ग्लोबल बैंकको आर्थिक सहयोग

काठमाण्डौं – ग्लोबल आइएमई बैंक लिमिटेडले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा दिँदै टिच फर नेपाल संस्थाद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ग्लोबल बैंकले बुधबार आठ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
आयोजित कार्यक्रममा बैंककातर्फबाट बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आर्थिक सहयोग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा ग्लोबल बैंकका बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको बताएकी छिन् ।
टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले धन्यवाद व्यक्त गरेको बैंकले जनाएको छ । बैंकका अनुसार स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

