

छोटो फिल्म ‘निपुत्र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो ।
थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा फिल्ममा उठाइएको छ । फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ ।
लोकेन्द्रराज चौधरीको निर्माण, राजु राजदेव चौधरीको कथा रहेको फिल्ममा अनिल शाहको छायाँंकन, निरज कुमार चौधरीको सम्पादन छ । थारु समुदायमा जनचेतना फैल्याउने उदेश्यले फिल्म थारु भाषामा निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

