

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

बर्दिया – एघार वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेला बाबु ३२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका बस्ने पुरुषलाई प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरी कारवाही अघि बडाएको जनाएको छ ।
ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

