

‘धोका दियौ’लाई ट्रेन्डिङको सफलता

काठमाडौं – बिन्दास मिडियाको प्रस्तुति रहेको ‘धोका दियौ’ बोलको गीत सार्वजनिक भएको छ।
संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन),चर्चित वेव सिरिज आजकाल को लभका लेखक निर्देशक,कलाकार जिबेश गुरुङ,रोशनी कार्की, उज्ज्वल रावत लगाएतको अभिनय रहेको यस गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।
प्रमोद खरेलले स्वर रहेको यस गीतमा सुवास कार्की अर्थात कार्की जि को शब्द एवम् संगीत, बिसाल निरौलाको एरेन्ज रहेको सार्वजनिक गीतलाई कुमार रानाले संगीत मिश्रण गरेका छन्।
राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको यस गीतलाई जनता डिजिटलले निर्माण समायोजन गरेका छन्। गीतलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै टिकटिकमा भाइरल हुनुका साथै ट्रन्डिङमा पर्न सफल भएको छ ।
भिडियो:

