अध्यादेशमार्फत बजेट ल्याउने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष ०७८–८९ को बार्षिक बजेट अध्यादेशमार्फत ल्याउने घोषणा गरेका छन्।

आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो जानकारी दिएका हुन्।

‘स्वभाविक रुपमा अध्यादेशमार्फत बजेट आउँछ र राष्ट्रपति ज्युले त्यो जानकारी दिनुहुनेछ’, उनले भने,‘साधारण औपचारिक कार्यक्रममार्फत बजेट सुनाइनेछ।’

बजेटमा विकास निर्माणलगायत अहिलेको महामारीलाई केन्द्रविन्दुमा राखिने पनि प्रधानमन्त्री ओलीले सुनाए।

प्रतिक्रिया